रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सुस्त
रसुवा । गोसाईँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य सुस्त भएको छ ।
चालु आर्थिक वर्ष २०७६÷७७ भित्रै विद्युत् उत्पादन गर्ने गरी कार्य अघि बढाएकोमा अहिले निर्माण कार्य सुस्त भएको हो ।आयोजनाका अनुसार काम सुस्त हुनुमा कामदारको अभाव, टेलरेस सुरुङ निर्माणमा कठिनाइ र बाँध क्षेत्र तथा सर्ज साफ्ट क्षेत्रमा पहिरोको जोखिमका कारण काम गर्न नसक्नु हो । आयोजनाको ६ सय ६० मिटर टेलरेसमध्ये ७० मिटर क्षेत्रमा खन्ने काम भइरहेको र भौगोलिक अवस्था कमजोर भएका कारण समस्या सिर्जना भएको आयोजनाले जनाएको छ । आयोजनाको बाँध क्षेत्र तथा सर्ज साफ्ट क्षेत्रमा गत जुन २० मा आएको सुख्खा पहिरो गएको थियो । त्यसको ६ महिनापछि सो क्षेत्रमा बाटो लगिएपनि जोखिमका कारण काम अघि बढ्न नसकेको हो ।
सिभिल संरचना निर्माणको जिम्मा पाएको चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुइ) ले सुरुङ निर्माण गरेको हो । आयोजनाबाट वार्षिक ६१३.८७ गेगावाट विद्युत् उत्पादन हुन्छ । ६ वर्षअघि निर्माण सुरु भएको १११ मेगावट क्षमताको आयोजनाको ७५ प्रतिशत काम सकिएको छ । आयोजनाले उत्पादन गर्न थालेपछि दैनिक सँवा करोड आम्दानी हुनेछ । २०१७ अगस्टमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे आयोजना भूकम्प र नाकाबन्दीका कारण समयमा नै निर्माण सम्पन्न गर्न नसकिएको हो । तोकिएको समय सीमाभित्र निर्माण सम्पन्न नहुने भएपछि आयोजनाले समयसीमा थप गर्ने तयारी थालेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया