यस वर्ष जाडो लम्बिने सम्भावना
यस वर्ष पानी पार्ने प्रणाली पटकपटक भित्रिरहेकाले जाडो लम्बिने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसपटक अलि सक्रिय खालको प्रणाली (पश्चिमी न्यून चापीय प्रणाली) पटकपटक भित्रिरहेको छ । जसले वर्षा र हिमपात गराउँदा देशभर चिसो बढ्ने गर्छ।
यसपटक ३/४ वर्षयताकै ठूलो हिउँदे वर्षा भएको महाशाखाले जनाएको छ। घाम लागेर जमिन तात्तिन लाग्दै गर्दा फेरि अर्को प्रणाली भित्रिएर पानी पर्ने, हिमपात हुने महाशाखाले जनाएको छ। अहिलेसम्मको स्थिति हेर्दा यस्तो देखिए पनि मौसम सफा हुँदै गयो र दिनभर घाम लाग्न थाल्यो भने परिस्थिति फरक पनि हुन सक्ने महाशाखाको भनाइ छ।
अब बिस्तारै जाडो घट्ने र गर्मी सुरु हुनुपर्ने हो । तर छिछिनमा बादल आउने, घाम लाग्न नपाउने भइरह्यो भने चाहिँ चिसो घट्न पाउँदैन र जाडो लम्बिने महाशाखाले जनाएको छ। अगाडिका दिनमा भएको वर्षा र हिमपातले देशभर अझै चिसो कम भएको छैन।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया