बाजी मैले मारेँ: डा. तुम्बाहाङ्फे

विदुर खबर २०७६ माघ ६ गते २०:०२

काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहङ्फले राजीनामा दिने घोषणा गरेकी छन् ।

Advertisement

लगतै प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले राजिनामाको घोषणा गरिन् । त्यसपछि आयोजित पत्रकार सम्मेलनमा डा. तुम्बाहाङ्फेले एउटै क्षेत्रमा ५ वर्ष बिताउनु नपरेकाले खुसी लागेको प्रतिक्रिया दिइन् । ‘मेरो लक्ष्य अर्को पनि छ, यो पनि थियो,’ उनले भनिन्, ‘आजदेखि काम गर्ने ट्रयाक चेन्ज गर्दैछु ।’

समावेशी लोकतन्त्रमा संवैधानिक व्यवस्थाको महत्वपूर्ण विशेषताका रुपमा रहेको र संविधानको यो मर्म अक्षर या वचनबाट नभई, राम्रा अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुन सक्ने उनले दावी गरिन । उनले आफुले सभामुख पदका लागि गरेको दाबी अस्वभाविक नभएको दोहोर्याइन् । उनले भनिन्, ‘सभामुखको उम्मेदवारको दाबी गरेँ । यो अस्वभाविक होइन । स्वभाविक हो । अन्तीमा बाजी मैले मारेँ ।’ उनले मुलुकमा पितृसंस्था सोच मात्रै नभई संस्थागत रुपमा जरा गाडेर बसेको टिप्पणी गरिन् ।

Advertisement

सभामुखको उम्मेदवारको दाबी गरेँ । यो अस्वभाविक होइन । स्वभाविक हो । अन्तीमा बाजी मैले मारेँ ।

उनले भनिन् ‘राज्यका उच्च ओहोदाहरुमा समाजका सबै अंगहरुको प्रतिविम्ब झल्किन सकेमात्रै वास्तविक अर्थमा लोकतन्त्र सुदृढ हुन सक्छ भन्ने यथार्थसँग संविधान निर्माणमा अगुवाइ गर्नुहुने राजनीतिक दल र नेतृत्व वर्ग सहमत हुनुहन्छ भन्ने मैले आशा लिएकी छु । यसै विश्वासमाथि आधारित रहेर मैले आफ्ना धारणाहरु सम्बन्धित निकायहरुमा प्रस्तुत गरेकी हुँ । मेरा यी धारणाहरु कुनै अस्वाभाविक महत्वाकांक्षा या अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरामा म दृढ छु । यससम्बन्धी विभिन्न प्रतिक्रियाहरुलाई मैले नजिकबाट नियालेकी छु । समयले यसबारेमा वस्तुनिष्ठ मूल्यांकन गर्ने नै छ भन्ने मेरो विश्वास छ ।’

Advertisement

सभामुखमा दाबी गरेकी उनी नेकपाभित्र तुम्बाहाङ्फे मन्त्री बन्ने चर्चा छ । तर, उनले भने यसबारे केही बाताइकी छैनन् । नेकपाको सचिवालयले राजीनामा दिन आग्रह गर्दा समेत उनले आफूलाई सभामुख बनाउने निर्णय गर्नुपर्ने शर्त राखेकी थिइन् ।

प्रतिक्रिया