तनहुँमा ट्रक दुर्घटना,एकको मृत्यु, १५ घाइते

विदुर खबर २०७६ माघ १ गते १९:१३

तनहुँमा प्रहरीको मिनी ट्रक दुर्घटना भएको छ। देवघाटबाट पोखरा जाँदै गरेको प्रहरीको मिनी ट्रक दासढुंगापारि दुर्घटना भएको हाे ।

Advertisement

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । ट्रकमा सवार अन्य १५ जना घाइते भएका छन् जसमा चार जना गम्भीर रहेका छन् । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेको प्रहरीले जनाएको छ ।

देवघाटको मेलामा थप मद्दतका लागि गएको पोखराको १ नम्बर गणका टोली फर्कंने क्रममा दुर्घटना भएको जनाइएको छ ।

Advertisement

प्रतिक्रिया