सरस्वतीलाई हराउँदै आर्मी शीर्ष स्थानमा
काठमाडौं । विभागीय क्लब त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा सरस्वती युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
आर्मीको झिनो जितमा जर्ज प्रिन्स कार्कीले निर्णायक गोल गरे । खेलको ३० औं मिनेटमा दिनेश हेन्जनको पासमा जर्ज प्रिन्सले गोल गरेका थिए ।
सरस्वतीविरुद्ध एकतर्फी खेल पस्किएको आर्मीले थुप्रै गोलको अवसर खेर फालेको थियो । खेलको तेस्रो मिनेटमै दिनेश हेम्जनले डिबक्स भित्रबाट क्रसबार माथी प्रहार गरे । खेलको २५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्न चुके। डीबक्स भित्र रहेका उनको फिनिसिङ कमजोर रह्यो ।यस्तै पहिलो हाफको इन्जुरी समयमा जर्ज प्रिन्स गोल गर्न चुके । एकल प्रयासमा गोलकिपर बिट गरेपनि उनले पोस्ट बाहिर प्रहार गरे । उनले प्रहार गरेको बल दोस्रो बारको केही इन्च परबाट गएको थियो ।
दोस्रो हाफमा पनि आर्मीले केहि अवसर खेर फाल्यो । ५१ औं मिनेट जर्ज प्रिन्स सरस्वतीका गोलकिपरसँग वान भर्सेस वानमा गोल गर्न चुके । सरस्वतीले पनि केहि अवसर खेर फालेको थियो । २४ औं मिनेटमा सरस्वतीका अबेल एमवान्किनाको प्रहार आर्मीका किपर विकेश कुथुले सहजै बचाए ।
यस्तै ५४ औं मिनेटमा सरस्वतीका विनोद केसीको डिबक्स भित्रको कडा प्रहार पनि विकेशले विफल बनाईदिए ।खेलमा आर्मीका विकास खवास म्यान अफ दि म्याच चुनिए ।आर्मीको यो लिगमा चौंथो जित हो। जितसँगै शीर्ष स्थानमा उक्लिएको आर्मीले ५ खेलमा १२ अंक जोडेको छ ।साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई एक अंकले पछि पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो।दोस्रो स्थानमा रहेको मनाङको ५ खेलमा ११ अंक रहेको छ । सरस्वतीको यो लगातार पाँचौं हार हो । लिगको पुछारमा रहेको सरस्वतीले ५ खेलमा अंक जोड्न सकेको छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया