सभामुख छाडिन्न : पूर्व माओवादी
नेकपाभित्र सभामुखको विवाद पेचिलो बनेको छ । पुस ४ गते सुरु भएको संसदको हिउँदे अधिवेशनलाई अनिर्णयको बन्दी बनाएर आन्तरिक बैठकमा जुटेको सत्तारुढ नेकपाले आइतबार पनि सभामुखमा सहमति जुटाउन सकेन ।
सभामुख कसलाई बनाउने भन्ने बारे प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीवीच मत बाझिएको छ । अध्यक्ष प्रचण्ड पूर्वमाओवादी खेमाले सभामुख पाउनुपर्ने अडानमा छन् । प्रधानमन्त्री ओली सुवास नेम्वाङलाई बनाउनुपर्ने पक्षमा छन् । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन प्रधानमन्त्री ओलीलाई दबाव दिएको नेकपा नेताहरु बताउँछन् ।
पूर्वमाओवादीका नेताहरुले सभामुखमा नझुक्न प्रचण्डलाई दबाव दिएको उच्च स्रोतले बतायो । यही आन्तरिक दबावका कारण प्रचण्ड र ओलीबीच कुरा नमिल्दा नेकपाभित्र सभामुखमा सहमति जुट्न नसकेको हो । पार्टीले नाम टुंगो लगाउन नसक्दा संसदको बैठक पटक–पटक सर्दै आइरहेको छ ।
कृष्ण बहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पद आफूहरुले नै पाउनुपर्ने भन्दै पूर्वमाओवादीका एक नेताले भने, ‘यसअघि लिखित सम्झौता नै भए पनि प्रचण्डले ओलीजीलाई प्रधानमन्त्री पद छाडिसक्नुभयो । प्रधानमन्त्री छाडिदिएको अवस्थामा अब सभामुख छाड्न सकिँदैन ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












भोटेकोशी बाढीको ९० दिन : न पुल बन्यो, न विस्थापितको पुनर्वास
सरकारलाई गगनको चेतावनी– पक्राउ गर्ने भए हतकडी लिएर आउनु
नुवाकोट अमेरिका सम्पर्क समितिद्वारा बाढी प्रभावित विद्यार्थीलाई साढे १५ लाख सहयोग
चण्डी माविका १२० विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण
एकीकृत तथ्याङ्क संकलन गर्न भोटेकोशी–त्रिशूली बाढी पीडितको माग





प्रतिक्रिया