पार्टी एकतापछि मात्रै ओलीको भारत भ्रमण, कत्तिको सम्भावना ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणअगावै पार्टी एकता सक्ने तयारी गर्दै कार्यदललाई काम छिटो सक्न निर्देशन दिएका छन् । दुईतिहाइ समर्थन प्राप्त प्रधानमन्त्री ओलीले भारत भ्रमणमा जाँदा एकीकृत पार्टीका अध्यक्षका हैसियतले प्रस्तुत हुने मनशाय देखाएका हुन् ।
प्रधानमन्त्री ओली चैतको अन्तिम साता भारत जाँदैछन् । र, परराष्ट्र मन्त्रालयले भारतसमक्ष प्रस्ताव पठाएको छ । भारतीय विदेश मन्त्रालयले कार्यक्रम तय गरेपछि मात्रै भ्रमणको टुंगो लाग्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
“यो अहिले नै भन्न मिल्ने विषय रहेन, भारतीय विदेश मन्त्रालयले एजेन्डासहित भ्रमणको औपचारिक निम्तो पठाएपछि तय गर्ने विषय हो,” उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भारत भ्रमण अगावै एकता सक्नुपर्ने बताएका थिए । लगत्तै बसेको माओवादी केन्द्रका पूर्वकार्यालय सदस्यहरूको बैठकले पनि प्रधानमन्त्री ओलीको भ्रमण अगावै एकता प्रक्रिया टुग्याउनुपर्ने निर्णय गरेको थियो । र, सोही मुताविक आइतबारबाट प्रतिवेदन र विधान सम्बन्धि कार्यदलले बाँकी काम टुंग्याउन थालेका छन् ।
माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बैठकमा अध्यक्ष प्रचण्डले भ्रमण अगावै पार्टी एकता टुंग्याउने विषयमा दुई अध्यक्षबीच छलफल भएको कुरा राखेको बताए ।
त्यही भावनाअनुरूप दुवै कार्यदलले काम थालेको र भ्रमण अगावै एकता गर्ने विश्वास व्यक्त गरे ।
उनले दुवै कार्यदलले मस्यौदा बुझाएपछि चैत १५ मा पार्टी एकता संयोजन समितिको बैठक बस्ने र त्यसलाई टुंग्याइने जानकारी दिए ।
भारत भ्रमण अगावै किन एकता ?
भारत भ्रमण अगावै पार्टी एकता गर्दा अध्यक्ष ओली एकीकृत पार्टीको अध्यक्षको रूपमा प्रस्तुत हुनेछन् । दुई तिहाइ समर्थन प्राप्त र ठूलो कम्युनिस्ट पार्टी प्रमुखले राजकीय भ्रमण गर्दा त्यसको ठूलो राजनीतिक अर्थ हुने विश्लेषक दाबी गर्छन् ।
तर, पार्टी एकता गरेर भारत भ्रमणमा जानुका पछाडि राजनीतिक कारण खोज्नु नहुने तर्क छ एमाले उपमहासचिव विष्णु पौडेलको ।
“एकताको सम्पूर्ण तयारी पूरा भएपछि किन ढिला गर्ने ? भन्ने उहाँको आशय हो । भारत भ्रमणमै जानका लागि दुई पार्टी एकता गर्न लागेको होइन,” पौडेलले भने ।
दुवै कार्यदलले काम सकेर मस्यौदा अध्ययनसमेत अन्तिम चरणमा पु¥याइसकेकाले पार्टी एकतामा विलम्ब गर्नुनहुने निचोड दुवै पार्टीको भएको र भ्रमण अगावै काम टुंग्याउन खोजिएको उनको भनाइ थियो ।
“हामीले कसैलाई देखाउनका लागि पार्टी एकता गर्दैछैनौँ, यो आवश्यकता हो, सबै काम पूरा भइसकेकाले एकता किन रोकेर राख्ने भन्ने प्रधानमन्त्रीज्यूको प्रश्न छ,” उनले बाह्रखरीसँग भने ।
कत्तिको छ सम्भावना ?
यसअघि एमाले–माओवादी केन्द्रका नेताले नेकपा स्थापना दिवसको दिन ९ वैशाखमा पार्टी एकता घोषणा गर्ने तयारी गरेका थिए । तर, प्रधानमन्त्रीले भ्रमण अगावै पार्टी एकता गर्नुपर्ने बताएपछि कार्यदलले बाँकी काम टुंग्याउन थालेका छन् ।
आइतबाटै राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको सदस्य देव गुरुङले जानकारी दिए । त्यसैगरी विधान समितिको बैठक पनि आइतबार बसेको छ ।
भ्रमण अगावै पार्टी एकता गर्न सकिने गरी कार्यदलले काम टुंग्याइरहेको पौडेलले जानकारी दिए ।
“दुवै कार्यदलले केही दिनभित्रै मस्यौदा बुझाउने तयारी गरिरहेका छन् । कार्यदलले आफूले गर्नुपर्ने काम सकिसकेका छन् । भ्रमण अगावै एकता हुनेमा हामी ढुक्क छौँ,” पौडेलको दाबी छ ।
त्यस्तै माओवादी केन्द्रका नेता पोखरेलले पनि अहिलेसम्मको तयारी हेर्दा भ्रमणअगावै एकता सक्न कुनै कठिन नहुने प्रष्ट्याए । “दुवै कार्यदल त्यही स्प्रिटमा छन्,” उनको भनाइ थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा





प्रतिक्रिया