भन्सार छली ल्याएका ५५ लाखका समानसहित नुवाकोटका रेश्मा श्रेष्ठ पक्राउ

विदुर खबर २०७६ पुष १० गते १९:०७

नुवाकोट । महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याएका करीव ५५ लाख रूपैया बराबरका विद्युतिय समानहरूसहित दुई जनालाई पक्राउ गरेको छ ।

Advertisement

प्रहरीले बुधबार राती साढे आठ बजे काठमाण्डौ महानगरपालिका-२५ टेंगालबाट गुहेश्वरी बस्ने २७ वर्षीय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । टेगाल स्थित हरिबहादुर श्रेष्ठको घर खानतलासी गर्दा २ वटा कोठाबाट प्रहरीले नगद १५ लाख ७७ हजार,एनएमबि बैकंको ५ लाख ७३ हजारको चेक बरामद गरेको छ ।

यसै गरी आई प्याड  २३ थान, आई फोन-११ १८ थान, एप्पल घडि  ९ थान, वारलेस इएरफोन ६ थान, एप्पल पेन्सिल १ थान, म्याजिक मायस  १ थान, स्यामसुङ मोबाइल  १५ थान, क्यामरा लेन्स १ थान समेत बरामद गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Advertisement

प्रतिक्रिया