माथिल्लो त्रिशूली थ्री ‘बी’ निर्माण ४० प्रतिशत सम्पन्न

विदुर खबर २०७६ मंसिर २० गते १९:४३

                                                                                                फाईल फोटो ।

नुवाकोट । नुवाकोटमा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’ को निर्माण ४० प्रतिशत सम्पन्न भएको छ ।

Advertisement

जनताको जलविद्युत् कार्यक्रम समेटिएको आयोजनाको निर्माण ४० प्रतिशत सकिएको आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाको ३ हजार ८ सय ५ मिटर मुख्य सुरुङ मध्ये एक हजार ४ सय मिटर खनिसकेको कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले जानकारी दिए । उनले मुख्य सुरुङ खन्ने काम चार ठाउँबाट भइरहेको बताए ।

कम्पनीका प्रबन्ध सञ्चालक गौतमले निर्माण व्यवसायीलाई तोकिएको समयभित्रै निर्माण सम्पन्न गराउनको लागी निरन्तर दबाब दिदै आएकाले तोकिएको समयमा काम सम्पन्न गर्न सकिने लक्ष्य लिएको बताए । २०७४ फागुन मसान्तबाट शुरुभएको ३७ मेगावाट क्षमताको आयोजनाको निर्माण २०७७ फागुन मसान्तभित्र सम्पन्न गर्नुपर्ने छ ।

Advertisement

प्रतिक्रिया