गल्छी–त्रिशुली–रसुवागढी सडक निर्माण गर्न दिन स्थानिय सहमत
नुवाकोट । गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक अन्र्तगत रसुवा र नुवाकोटको सिमाना बेत्रावति पुल निर्माण भएको अवरोध हट्ने भएको छ ।
शुक्रबार बसेको सरोकारवाला निकायहरुको छलफलले स्थानियबासीलाई क्षतिपूर्ति दिलाउने र निर्माण कार्यलाई तिव्रता दिने ३ बुँदे निर्णय गरेको नेपाली काँग्रेस नुवाकोटका प्रवत्ता राजु थापाले जानकारी दिए ।
बेत्रावतिमा बसेको सरोकारवालाहरुको बैठकलेगल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक अन्र्तगत रसुवा र नुवाकोटको सिमानामा रहेको बेत्रावति पुल निर्माण भएको अवरोध हटाउने तथा पुल निर्माण गर्दा पानीघट्ट हटाउनुपर्ने भएकोले सो घट्टधनीलाई क्षतिपूर्ति सडक निर्माण कम्पनी कालिका÷टुन्डी र हेमडुङ एण्ड थोकरले दिने र घट्ट संचालकले तत्काल घट्ट हटाउने निर्णय भएको प्रतिनिधिसभाका सांसद बहादुरसिंह लामाले बताए ।
त्यस्तै पुल निर्माण गर्दा हटाउनुपर्ने घरहरुको तत्काल सडक आयोजनाले मुअब्जा उपलब्ध गराउने र पुलको दायाँपट्टीको जग खन्ने क्रममा स्थानिय चिनिमाया थापाको घरमा क्षति पुगेमा उचित क्षतिपुर्ती दिने सहमती भएको छ ।
बैठकमा आयोजना प्रमुख नारायण दत्त भण्डारी,कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापा, स्थानिय जनप्रतिनिधि, स्थानियबासी र आयोजनाका इन्जिनियर तथा सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया