एकिकरणको उद्ध्गमस्थल नुवाकोटबाट उम्मेद्धवारी प्रबद्धन : खनाल
नुवाकोट । नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन नजिकिदै जाँदा चुनावी सरगर्मी बढेको छ ।
चितवनको रत्ननगरमा आगामी पौष ९ देखि १२ गते सम्म हुने राष्ट्रीय महाधीवेशनका लागि उम्मेदवारी दर्ता गरि उम्मेदवारहरु देश दौडाहामा निस्किएका हुन् ।राष्ट्रिय अध्यक्ष पदका उम्मेदवार देखि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष र राष्ट्रिय उपाध्यक्षका उम्मेदवारहरु समेत देश दौडाहामा छन् । महाधिवेशन बाट एक अध्यक्ष, ४ कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्बाचित हुने छन् । यसैबिच बर्ष २०२० का लागि राष्ट्रिय अध्यक्ष पदका उम्मेदवार अरुणेश्वर खनालले ऐतिहासिक तथा सांस्कृतिक नगर नुवाकोटको भ्रमण गरेका छन् । उम्मेद्धवार प्रबद्धन कार्यक्रम उनले आफ्नो उम्मेद्धवारी प्रबद्धन नुवाकोटबाट नै सुरु गरेका थिए ।बैशाखमा सम्पन्न क्षेत्र ग सम्मेलनको क्रममा नै उनले आफ्नो उम्मेद्धावारीको अनौपचारिक प्रबद्धन नुवाकोटबाट सुरु गरेका थिए । नुवाकोट जेसिजले आतिथ्यता गरेको क्षेत्र ग सम्मेलनमा सहभागी हुँदै उनले नेपाल एकिकरणको उद्ध्गम स्थलबाट आफ्नो उम्मेद्धवारी प्रबद्धन सुरु गरेको बताएका थिए । नुवाकोट जेसिजको स्थापनाको लागी आफ्नो महत्वपुर्ण देन रहेको बताउदै आफु राष्ट्रिय अध्यक्षमा बिजयी भएमा नुवाकोटलाई उत्कृष्ट शाखाको रुपमा बिकास गर्ने प्रतिबद्धता जनाए ।
उम्मेदवारी प्रर्वद्धन गर्दै खनालले राज्यको नीति निर्माण तहमा जेसीजको नेतृत्व पुग्न आबश्यक रहेको बताए । उनले जेसीजहरु विधिको शासन र लोकतान्त्रीक पद्धतीको कार्यान्वयनका लागि निरन्तर लाग्ने युबा भएकाले राज्यको नेतृत्वमा पुग्न आबश्यक रहेको उल्लेख गरे ।
खनालले आफुले जेसीजको नेतृत्व सम्हाल्ने अवसर पाएमा ४ वटा क्षेत्रमा क्षेत्रीय तालिम प्रतिष्ठानको कार्यालय स्थापना गरि सबै शाखालाई सहज तबरले तालिम प्रदान गर्ने बताए । खनालले आफ्नो उम्मेद्धवारी राज्यका विभिन्न अंगहरुसंग समन्वय गर्न, जेसीजका हरेक क्रियाकलापलाई परिणाममुखी बनाउन, राज्यको एक अभिन्न अंगका रुपमा स्थापित गराउदैँ निति निर्माण तहमा जेसीज नेतृत्वको उपस्थीती गराउने लक्ष्यका साथ आफु चुनावमा होमिएको बताए । नेपाल जेसीजको ४६ औं राष्ट्रीय महाधिवेशन यही पौष ९, १० , ११ र १२ गते चितवनको रत्ननगरमा हु्दैंछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी
अर्थतन्त्रको संकट : व्यवसायीको पीडा, चेक प्रणालीको दबाब र सरकारको जिम्मेवारी
नेपालमा भारतीय पर्यटकको लर्को





प्रतिक्रिया