बेलकोटगढीमा हाप्किडो संघको डोजो उद्घाटन

विदुर खबर २०७६ मंसिर ६ गते १७:५८

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ४ मा मार्सल आर्ट्स हाप्किडो संघको डोजो उद्घाटन गरिएको छ ।
बेल्कोटगढी नगरपालिका वडा नं.४ अन्तर्गत रहेको संघको शुक्रवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो । हेल्थ एण्ड एजुकेशन फर नेपालका अध्यक्ष जगतबहादुर गुरुङको प्रमुख आतिथ्यमा र दक्षिण एसिया हाप्किडो महासंघ तथा नेपाल मार्सल आर्ट्स हाप्किडो संघको केन्द्रिय अध्यक्ष कालीबहादुर घर्ति मगर वडा नम्बर ४ का वडाअध्यक्ष चन्द्रबहादुर लामाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

कार्यक्रममा नेकपाका प्रतिनिधि नविन पुडासैनी ,बेल्कोटगढी–काठमाडौं संघीय जनसम्पर्क मन्चका अध्यक्ष एवम् नेपाल कम्यूनिष्ट पार्टी ३ नं. प्रदेश का लेखा समिति सदस्य रुद्र ढुङगेल , नेपाल एतेमी मार्सल आर्ट वुदो एकेडेमीका अध्यक्ष प्रदीप थापा, वडा नं.३ का वडा सदस्य कौशिला पुडासैनी लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा खेलाडीहरुले उत्कृष्ट डेमो प्रदर्शन गर्नुको साथै ६२ जना खेलाडीहरूले बेल्ट ग्रेडिङ गरेको नुवाकोट मार्सल आर्ट्स हाप्किडो संघका सचिव विकास गुरुङले जानकारी दिए । कार्यक्रममा नेपाल एतेमी मा

प्रतिक्रिया