सल्यानमा जिप दुर्घटना, दुई जनाकाे ज्यान गयो
सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । आठ जना घाइते भएका छन् ।
दुर्घटनामा परि ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का ६० वर्षीया कृष्णादेवी परियार र त्यही ठाउँका ५९ वर्षीया यगी थापा रहेका छन् । उनीहरुको अञ्चल अस्पताल तुल्सीपुरमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । सल्यानको फलाबाङबाट दाङ तुल्सीपुर जाँदै गरेको रा १ ज ४३२ नम्बरको जिप फलाबाङको बडागाँउ नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइते हुने सबै एउटै वडाका रहेका छन् । घाइते हुनेमा फलाबाँग निवासी चालक २८ वर्षीय सन्दीप परियार, २३ वर्षीया रिता रावत, ८ वर्षीया ज्योती रावत,५५ वर्षीया सावित्री खत्री,२२ वर्षीया तारा थापा, २३ वर्षीया मोती रावत, २१ वर्षीया राधा बोहरा र दाङ तुल्सीपुर उप महानगरपालिका ५ निवासी २८ वर्षीया डिला बुढा रहेका छन् । घाइते सबै जनाको उपचार अञ्चल अस्पताल तुल्सीपुरमा भइ रहेको र चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया