सल्यानमा जिप दुर्घटना, दुई जनाकाे ज्यान गयो

विदुर खबर २०७६ कार्तिक २८ गते १८:५५

सल्यान ।   सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । आठ जना घाइते भएका छन् ।

Advertisement

दुर्घटनामा परि ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का ६० वर्षीया कृष्णादेवी परियार र त्यही ठाउँका ५९ वर्षीया यगी थापा रहेका छन् ।  उनीहरुको अञ्चल अस्पताल तुल्सीपुरमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । सल्यानको फलाबाङबाट दाङ तुल्सीपुर जाँदै गरेको रा १ ज ४३२ नम्बरको जिप फलाबाङको बडागाँउ नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते हुने सबै एउटै वडाका रहेका छन् । घाइते हुनेमा फलाबाँग निवासी चालक २८ वर्षीय सन्दीप परियार, २३ वर्षीया रिता रावत, ८ वर्षीया ज्योती रावत,५५ वर्षीया सावित्री खत्री,२२ वर्षीया तारा थापा, २३ वर्षीया मोती रावत, २१ वर्षीया राधा बोहरा र दाङ तुल्सीपुर उप महानगरपालिका ५ निवासी २८ वर्षीया डिला बुढा रहेका छन् । घाइते सबै जनाको उपचार अञ्चल अस्पताल तुल्सीपुरमा भइ रहेको र चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया