प्रधानमन्त्रीको सक्रियता बढ्यो : मन्त्रिपरिषद् र सचिवालय बैठक आव्हान
नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सक्रियता बढाउनु भएको छ ।
बाकु सम्मेलनमा सहभागी भएर आएपछि अस्पताल पुग्नु भएका प्रधानमन्त्री ओलीले त्यहाबाट फर्किएपछि नियमित कामलाई तिव्रता दिन थाल्नु भएको हो ।शनिवार सचिवालय बैठक बोलाउनु भएका प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् बैठक र सचिवालय बैठक बोलाउनु भएको छ । मन्त्रिपरिषद्को बैठक बिहान ११ बजेको लागि डाकिएको छ । अघिल्लो हप्ता प्रधानमन्त्री असंलग्न आन्दोलनको दोस्रो शिखर सम्मेलनमा गएका कारण मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन । त्यसैले रोकिएका कतिपय निर्णय गर्नका लागि आज बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकपछि सचिवालय बैठक पनि बोलाइएको छ । मन्त्रीपरिषद् कति लामो बस्छ त्यस अनुसार सचिवालयको समय तय हुने नेताहरुले जानकारी दिनुभएको छ । सचिवालय बैठकले उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेद्धारको टुंगो लगाउने छ । यसैविच, प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको रिपोर्ट आज आउने भएको छ । रिपोर्ट आएपछि उहाको स्वास्थ्य अवस्थाका बारेमा सम्पुर्ण जानकारी आउने र आउदा दिनमा के गर्ने भन्ने टुंगो लाग्ने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया