यि हुन आफ्नै भदोलाई खुर्पा हान्ने निर्दयी फुपु
विदुर खबर
२०७६ कार्तिक १५ गते २१:०२
नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्वर १२ को देउराली लामाटोल खुर्पा प्रहारबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देउराली लामाटोलका नबराज मगरको ३ बर्षिय छोरा सुजन रानामगर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । रीसको झोकमा आफ्नै फुपुले नवराजलाई खुर्पाले हानेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अबिनारायण काफ्लेले जानकारी दिए । बालकको घटनास्थलमा नै मृत्यु भएको काफ्लेले बताए ।
खुकुरी प्रहार गर्ने फुपु पार्बती रानामगरलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले विदुर खबरलाई बताए ।
घटना अपरान्ह ४ः २० बजेको भएको बताइएको छ । घटनाका थप अनुसन्धान भईरहेको नुवाकोट प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया