तराइमा छठको तयारी तीव्र
जनकपुरधाम । तिहार सकिएलगत्तै तराईमा छठ पर्वको तयारी तीव्र रुपमा सुरु भएको छ। अहिले छठ पर्वका लागि चाहिने सामानको जोहो गर्दै स्थानीय छठको तयारीमा जुटेका छन्।
छठमा प्रयोग हुने बाँसको चंगेरा (दाउरी), सुप (नाङ्लो), डाला, सुपली, केरा लगायतका सामग्री खरिद गर्नेहरुको भीड बजारमा देखिन थालेको छ। प्रदेश २ का राजधानी जनकपुर आसपासका स्थानीय हाटबजारमा बाँसबाट बनेका सामान र छठ पर्वमा प्रयोग हुने अन्य सामानको खरिदबिक्री धमाधम भइरहेको छ।
छठमा प्रयोग हुने सामानहरू कतिपय व्यापारीले टायरगाँडामा राखेर गाउँघरमा बिक्री गरेका दृश्य देखिन थालेको छ। यस्ता सामग्रीले भरिभराउ बनेका बजारले छठको रौनक बढेको स्थानीयको भनाइ छ।धनुषाको नगराई नगरपालिकाका मिथिलेश झाले भने, ‘बजार छठको सामग्रीले भरिभराउ देखिएको छ।’ छठ पूजामा प्रयोग हुने सामग्रीसँगै खाद्यान्न, फलफूल र लत्ताकपडा किन्नेको पनि भीड बढेको छ। छठको आगमनसँगै व्यापार बढेको व्यवसायीहरू बताउँछन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया