घरमा गाँजा लुकाइराखेको १ सय २२ किलो गाँजा बरामद
विदुर खबर
२०७६ कार्तिक ३ गते १८:३५
हेटौंडा। शुक्रबार विहान करिब ४ बजे मकवानपुरको राक्सिराङ गाउँपालिका–१ स्थित प्रकाश मोक्तानले आफ्नो घरमा गाँजा लुकाइराखेको सूचना प्रहरीले पायो ।
उक्त सूचनाका आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटांैडा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पवनकुमार झाको कमाण्डमा टोली खटियो । संयुक्त टोलीले करिब ३३ वर्षीय मोक्तानको घरमा चेक गर्दा ६ वटा बोरामा लुकाइराखेको लागुऔषध गाँजा १ सय २२ किलो १ सय ग्राम फेला पा¥यो ।
उनलाई गाँजासहित नियन्त्रणमा लिएरर जिल्ला प्रहरी कार्यालय हेटौंडामा ल्याइएको छ । उनीविरुद्ध आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरी प्रमुख उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया