घरमा गाँजा लुकाइराखेको १ सय २२ किलो गाँजा बरामद

विदुर खबर २०७६ कार्तिक ३ गते १८:३५

हेटौंडा। शुक्रबार विहान करिब ४ बजे मकवानपुरको राक्सिराङ गाउँपालिका–१ स्थित प्रकाश मोक्तानले आफ्नो घरमा गाँजा लुकाइराखेको सूचना प्रहरीले पायो ।

Advertisement

उक्त सूचनाका आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटांैडा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पवनकुमार झाको कमाण्डमा टोली खटियो । संयुक्त टोलीले करिब ३३ वर्षीय मोक्तानको घरमा चेक गर्दा ६ वटा बोरामा लुकाइराखेको लागुऔषध गाँजा १ सय २२ किलो १ सय ग्राम फेला पा¥यो ।

उनलाई गाँजासहित नियन्त्रणमा लिएरर जिल्ला प्रहरी कार्यालय हेटौंडामा ल्याइएको छ । उनीविरुद्ध आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरी प्रमुख उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

Advertisement

प्रतिक्रिया