रसुवाको घोर्मु प्राविका विद्यार्थीमा घाँटी सुनिने रोगको संक्रमण भेटियो
विदुर खबर
२०७६ कार्तिक १ गते १८:०६
रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–६ मा रहेका घोर्मु प्राविमा अध्ययनरत विद्यार्थीमा घाँटी सुनिने रोगको संक्रमण देखिएको छ ।
दसैँ विदा सकिएपछि यही असोज २७ गतेदेखि पठनपाठन सुरु भएको थियो । सो दिन तीन जनामा घाँटी सुनिने रोग देखिएको थियो । दुई दिनमा १० जनामा संक्रमण भएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।‘संक्रमण फैलन थालेपछि बिरामी विद्यार्थी स्वास्थ्य केन्द्र पठाएका छौं’, उहाँले भन्नुभयो, ‘ठिक नहुँदासम्म घरमा आराम गर्न सल्लाह दिएका छौं ।’ एउटाबाट अर्कोमा सर्ने क्रम बढेको र विद्यार्थीले पढ्न तथा दिवा खाजा समेत खान नसक्ने भएकाले स्वास्थ्य संस्था जान र घरमै आराम गर्न सुझाव दिएको उहाँको भनाइ छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशको बजेट खर्च निराशाजनक
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ





प्रतिक्रिया