माइक्रोबसको ठक्कर भट्टगाउँका रामकृष्णको ज्यान गयो, एक घाईते
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ भट्टगाउँका २३ वर्षीय रामकृष्ण भट्टको माइक्रोबसले ठक्कर दिँदा मृत्यु भएको छ ।
धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ खेस्टेखेलामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । लमजुङको बेँसीशहरबाट काठमाडौँ जाँदै गरेको बा २ ख ७२८४ नम्बरको माइक्रोले शुक्रबार सोही दिशातर्फ जाँदै गरेको बा ४९ प ३०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भट्टको ज्यान गएको प्रहरीले जनाएको छ ।
माइक्रोको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । दुर्घटनामा भट्टगाउँकै २३ वर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन् । घाइते भट्टको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ‘ओभरटेक’ गर्ने क्रममा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनापछि माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न
विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन





प्रतिक्रिया