रसुवामा विदेशी पर्यटक मृत अवस्थामा फेला
विदुर खबर
२०७६ असोज १७ गते २१:४५
रसुवा । असोज १ गतेदेखि सम्पर्कविहीन रहेका नेदरल्यान्डका एक पर्यटक आज मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमन्त थापाका अनुसार २७ वर्षीय थोमस मृत भेटिएका हुन् । उनको शव गोसाइँकुण्ड गाउँपालिका–१ थुमन क्षेत्रको रिछर जङ्गलमा फेला परेको हो । नेपाल प्रहरी, सिम्रिक एयरका कर्मचारी र स्थानीय बासिन्दाको संयुक्त प्रयासबाट उनको शव फेला परेको हो । खोज उद्धारका लागि पाँच दिनदेखि सिम्रिक एयरको हेलिकप्टरले सम्भावित ठाउँमा हवाई अवलोकन गर्दै आएको थियो । उनीसँगै हराइरहेका दक्षिण कोरियाका नागरिक सिसुङको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा
शिवपुरीको थानाभञ्ज्याङमा बस र विद्युतीय गाडी भीरबाट खस्दा दुईको मृत्यु, तीन घाइते





प्रतिक्रिया