रसुवागढी जलविद्युत् आयोजनाको स्टोरमा आगलागी
विदुर खबर
२०७६ असोज १५ गते ६:२०
रसुवा । रसुवागढी जलविद्युत् आयोजना निर्माण कम्पनीको स्टोरमा सोमबार राति आगलागी भएको छ । आगलागीबाट ड्यामसाइटमा रहेको आयोजना निर्माण कम्पनीको स्टोरमा क्षति पुगेको छ ।
आगोले प्लाइउड, कम्प्रेशर मेसिन, पिभिसी पाइप, बेडिङ लगायतका सामग्री जलेको छ ।
लाखौं मूल्य बराबरको सामान क्षति भएको प्रहरीले बताएको छ । सोमबार राति करिब ११ बजे आगलागी भएको थियो । आयोजना निर्माण कम्पनीका चिनियाँ टोलीले साढे ११ बजे आगो निभाएको थियो । आगो कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको आयोजनाले बताएको छ । क्षतिको विवरण संकलन भइरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा
शिवपुरीको थानाभञ्ज्याङमा बस र विद्युतीय गाडी भीरबाट खस्दा दुईको मृत्यु, तीन घाइते





प्रतिक्रिया