सरकारले चासो देखाएपछि नागढुंगाकाे जाम हट्याे
विदुर खबर
२०७६ असोज १३ गते ६:४३
नुवाकोट । केही दिनदेखि लामो जाम हुने गरेको मुख्य नाका नागढुंगामा जाम हटेको छ ।
आइतबार बिहानदेखि अहिलेसम्म यो नाका हुँदै सजिलै गाडी चलिरहेका छन् । आजदेखि १८ गतेसम्म काठमाण्डौबाट चितवनको नारायणघाटसम्म १० चक्के र त्यसभन्दा ठूला गाडी र लरीलाई प्रवेशमा रोक लगाइएकाले पनि जाम नभएको ट्राफिक प्रहरीले जनाएको छ ।
तर, ग्रामीण क्षेत्रसँग जोडिएका सडकको अवस्था भने अस्तव्यस्त छ । लगातारजसो परेको झरीका कारण दोलखा, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, पाँचथर, सर्लाहीलगायतका जिल्लाका ग्रामीण सडक अस्तव्यस्त भएका हुन् । यस्ता सडकका कारण दशैँका लागि गाउँघर जान र आवश्यक सामान लैजान सास्ती भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार काठमाण्डौसँग जोडिएका विभिन्न नाकाबाट आइतबारसम्म झण्डै दुई लाख यात्रु बाहिरिएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया