सरकारले चासो देखाएपछि नागढुंगाकाे जाम हट्याे
विदुर खबर
२०७६ असोज १३ गते ६:४३

नुवाकोट । केही दिनदेखि लामो जाम हुने गरेको मुख्य नाका नागढुंगामा जाम हटेको छ ।
आइतबार बिहानदेखि अहिलेसम्म यो नाका हुँदै सजिलै गाडी चलिरहेका छन् । आजदेखि १८ गतेसम्म काठमाण्डौबाट चितवनको नारायणघाटसम्म १० चक्के र त्यसभन्दा ठूला गाडी र लरीलाई प्रवेशमा रोक लगाइएकाले पनि जाम नभएको ट्राफिक प्रहरीले जनाएको छ ।
तर, ग्रामीण क्षेत्रसँग जोडिएका सडकको अवस्था भने अस्तव्यस्त छ । लगातारजसो परेको झरीका कारण दोलखा, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, पाँचथर, सर्लाहीलगायतका जिल्लाका ग्रामीण सडक अस्तव्यस्त भएका हुन् । यस्ता सडकका कारण दशैँका लागि गाउँघर जान र आवश्यक सामान लैजान सास्ती भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार काठमाण्डौसँग जोडिएका विभिन्न नाकाबाट आइतबारसम्म झण्डै दुई लाख यात्रु बाहिरिएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया