बट्टार बसपार्कमा यात्रु सहायता कक्षको स्थापना
नुवाकोट । दशैं र तिहारमा यात्रुलाई यात्रा सहज पुराउन भन्दै नुवाकोट प्रहरीले विदुर नगरपालिका वडा नम्बर ४ बट्टार बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
जिल्लाबाट आवत जावत गर्ने सवारीले चाडवाडमा यात्रुलाई ठग्ने गुनासो आएका कारण बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सरकारले तोकेभन्दा बढी भाडा लिने, राम्रो सिट मिलाई दिन्छु भनेर जथाभावी राख्ने, यात्रुलाई अभद्र व्यवहार गर्ने गुनासो आउने गरेकाले यात्रुको सहायताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय नुवाकोटका प्रमुख विकल भट्टराईले जानकारी दिए ।
यात्रुबाट आएका गुनासो तत्काल सम्बोधन गर्ने गरी सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक अबिनारायण काफ्लेले बताए । भाडादर, सिट र सवारीको सेवा सुविधा सरकारको नियमअनुसार नभए तत्काल कारवाही गर्ने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी
अर्थतन्त्रको संकट : व्यवसायीको पीडा, चेक प्रणालीको दबाब र सरकारको जिम्मेवारी
नेपालमा भारतीय पर्यटकको लर्को





प्रतिक्रिया