विद्या भण्डारीद्वारा राष्ट्रपतिको दोस्रो कार्यकालका लागि शपथ
विदुर खबर
२०७४ फागुन ३० गते १५:३८

काठमाडौं ३० फागुन– नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो कार्यकालका लागि बुधवार पद तथा गोपनियताको शपथ लिएकी छिन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच प्रधानन्यायाधीश गोपाल पराजुलीले भण्डारीलाई शपथ गराएका हुन् ।
शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राजनीतिक दलका नेता तथा सांसदहरू उपस्थित थिए ।
मंगलवार भएको निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गर्दै भण्डारी राष्ट्रपति निर्वाचित भएकी थिइन् ।
भण्डारी यसअघि ११ कात्तिक २०७२ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएकी थिइन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा





प्रतिक्रिया