विद्या भण्डारीद्वारा राष्ट्रपतिको दोस्रो कार्यकालका लागि शपथ
विदुर खबर
२०७४ फागुन ३० गते १५:३८

काठमाडौं ३० फागुन– नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो कार्यकालका लागि बुधवार पद तथा गोपनियताको शपथ लिएकी छिन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच प्रधानन्यायाधीश गोपाल पराजुलीले भण्डारीलाई शपथ गराएका हुन् ।
शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राजनीतिक दलका नेता तथा सांसदहरू उपस्थित थिए ।
मंगलवार भएको निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गर्दै भण्डारी राष्ट्रपति निर्वाचित भएकी थिइन् ।
भण्डारी यसअघि ११ कात्तिक २०७२ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएकी थिइन् ।
सम्बन्धित
प्रतिक्रिया