टोखाबाट जुवातास खेलेको आरोपमा ११ जना पक्राउ
विदुर खबर
२०८२ असार १५ गते २१:२६
नुवाकोट । जुवातास खेलेको आरोपमा ११ जनालाई टोखाबाट प्रहरीले पक्राउ गरेको छ ।

टोखा नगरपालिका–१० नवज्योति मार्गमा रहेको एक घरबाट ११ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । प्रहरी वृत्त महाराजञ्जबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कास्कीकी बास्मती गुरुङ, गोरखाका कृष्ण सुनार, गोरखाकै खडक अधिकारी, झापाका बिमल अधिकारी, नवाकोटकी लक्ष्मी न्यौपाने, म्याग्दीका शेरबहादुर पुन, म्याग्दीकी तिलकुमारी बुढा, गोरखाका कृष्ण न्यौपाने, रसुवाका गोविन्द बहादुर तामाङ, नुवाकोटका जसबिर तामाङ र गोरखाका शंकर धिताल छन् ।
उनीहरुबाट नगद ५० हजार र ४ बुक तास बरामद भएको छ । पक्राउ परेकाहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया