प्राकृतिक स्रोत संरक्षण गर्न स्थानीय तहले छुट्टै कोष सञ्चालन गर्नुपर्ने
नुवाकोट । वातावरण तथा प्राकृतिक स्रोत संरक्षण गर्न अब स्थानीय सरकारले छुट्टै कोष सञ्चालनमा ल्याउनुपर्ने भएको छ ।
संघीय सरकारले स्थानीय सरकारहरुलाई पठाएको स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनको नमूना कानूनमा यो व्यवस्था गरिएको हो । उक्त कानूनअनुसार अब गाउँपालिका/नगरपालिकामा वातावरण संरक्षण, प्रदूषण रोकथाम, नियन्त्रण र जैविक विविधतामा खर्च गर्न सकिने गरी कोष स्थापना गर्नुपर्ने छ । यस्तो कोषलाई ‘वातावरण तथा प्राकृतिक स्रोत संरक्षण कोष’ नाम दिइएको छ । पछिल्लो समय प्राकृतिक स्रोतको अधिक दोहनको विषयले निकै चर्चा पाइरहे पनि संरक्षणमा कुन सरकार जिम्मेवार रहने भन्ने विषय अन्यौलमै थियो ।
आइइइ नगर्ने आयोजनालाई जरिवाना
स्थानीय सरकारले कानूनअनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्ने अधिकार पाएको हुन्छ । त्यस्तो प्रतिवेदन तयार नपारी कुनै पनि आयोजना अगाडी बढे १० लाख रुपैयाँसम्म जरिवानाको प्रावधान ऐनमा समेटिएको छ ।
संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गराउनु पर्ने आयोजनाले त्यस्तो प्रतिवेदन स्वीकृत नगरे ५ लाख रुपैयाँसम्मको जरिवाना तोकिएको छ । व्यक्तिगत रुपमा फोहोरमैला व्यवस्थापनमा सहयोग नगर्ने व्यक्ति तथा घरलाई भने कसुरको आधारमा न्यूनतम ५ सय रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारवाहीको प्रावधान ऐनले समेटेको छ ।
नदी उत्खनन्मा संघको मापदण्ड
स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेका प्राकृतिक स्रोतबाट ढुंगा, गिटी, वालुवा, माटोको उत्खनन्, संकलन, उपयोग, बिक्री तथा वितरणमा भने संघीय सरकारकै मापदण्ड लागू हुने भएको छ । ऐनअनुसार संघीय मापदण्डमा आधारित रहेर स्वयमः गाउँपालिका/नगरपालिकाले समेत छुट्टै मापदण्ड तोक्ने सक्ने प्रावधान समेटिएको छ ।
ऐनअनुसार कुनै व्यक्ति वा संस्थाले आफ्नो घर-जग्गाभित्र रहेको वनलाई निजी वनका रुपमा दर्ता गर्न सक्नेछ । निजी वन दर्ता गराउन चाहे डिभिजन वन कार्यालय वा सव डिभिजन वन कार्यालयको सिफारिसमा स्थानीय सरकारको प्रमाणपत्र दिइने भएको छ । निजी वनलाई पनि व्यवसायिक प्रयोजनमा प्रयोग गर्नु परेमा भने स्थानीय सरकारको स्वीकृति अनिवार्य गरिएको छ ।
कुनै आयोजनाले वन क्षेत्र माग गरेमा स्थानीय सरकार आफैले भने दिन सक्ने छैन । जग्गा प्राप्तीका लागि वातावरणमा उल्लेख्य प्रतिकूल असर नपर्ने गरी संघीय सरकारसमक्ष अनुरोध गर्न सक्ने प्रावधान समेटिएको छ । आफ्नो क्षेत्रफलभित्र खुला क्षेत्र व्यवस्थापन, हरियाली प्रवर्द्धन, नदी किनार, नदी निकास, सडक किनारमा वृक्षरोपण, नर्सरी र उद्यान स्थापना तथा व्यवस्थापनको जिम्मेवारी पनि स्थानीय सरकार समक्ष रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया