पहिरोले पासाङल्हामु राजमार्ग अवरुद्ध, तादीको ६ घर बाढीको उच्च जोखिममा

विदुर खबर २०७६ भदौ १५ गते १३:०४

विदुर। पासाङल्हामु राजमार्ग अन्र्तगत नुवाकोटको विभिन्न स्थानमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

Advertisement

आईतबार विहान परेको बर्षाको कारण ककनी गाउँपालिका वडा नम्बर २ बाह्रमाइल र खानीखोलामा माथिबाट लेदो तथा पहिरो खस्दा पासाङल्हामु राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । अवरुद्ध सडक खुलाउने पहल भइरहेको प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।

यसैबिच शनिवार परेको राती परेको अविरल बर्षाको तादी गाउँपालिकाको ६ घर उच्च जोखिममा परेको छ ।
गाउँपालिकाको वडा नम्बर ३ कोष्टगाडे रहेको खहरेखोलामा आएको बाढीको कारण ६ घर उच्च जोखिममा रहेको गाउँपालिकाका प्रमुख नारायण पाण्डेले बताए ।

Advertisement

बाढीको कारण श्यामबहादुर थापा,सोमनाथ सापकोटाको घर उच्च जोखिममा रहेको बताइएको छ । यस्तै बाढीले हरि थापा, कृष्ण थापा, बासु थापा, शिशिर उप्रेती,शिब दाहाल,कुमार शिबभक्ति, गोबिन्दलाल पण्डित,कृष्ण प्रसाद लामिछाने,सुराम तामाङ,मछिन्द्र तामाङ,सुमन थापाको खेत बगाएको नुवाकोटका प्रहरी नायव उपरिक्षक थापाले बताए ।

प्रतिक्रिया