चितवनमा निषेधित क्षेत्र तोकियो, ५ जनाभन्दा बढी भेला हुन नपाइने
नुवाकोट, चितवन प्रहरीले निषेधित क्षेत्रको दायरा बढाएको छ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको भन्दै हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेका समर्थकहरुले आइतबार यसअघि तोकिएको निषेधित क्षेत्र तोडेर अघि बढेपछि सो दायरालाई फराकिलो बनाइएको हो।चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एक सूचना जारी गर्दै निशेधित क्षेत्रको चारकिल्ला तोकिएको जनाएका हुन्।
हिरासतमा रहेका लामिछानेलगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुबाट भरतपुर महानगरपालिका-१० स्थित मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकाय रहेका क्षेत्रमा हुलदंगा र अशान्ति हुनसक्ने देखिएकोले ‘स्थानीय प्रशासन ऐन २०२८’ को दफा ६ को ३ ‘क’ बमोजिम निषेधित क्षेत्र तोकिएको प्रजिअको आदेशमा भनिएको छ। उक्त आदेश सोमबार बिहान ६ बजेदेखि लागू हुनेछ। तोकिएका चारकिल्ला क्षेत्रभित्र हुलदंगा वा अशान्ति मच्चाउने उद्देश्यले एकै स्थानमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने समेत स्पष्ट पारिएको छ।
यस्तो छ निषेधित क्षेत्रको चारकिल्लाः
पूर्व- बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म।
पश्चिम- पूर्वपश्चिम राजमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीसकोठी चोकसम्म।
उत्तर- बाइपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जाने चोक, नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम राजमार्गको चौबीसकोठी चोकसम्म।
दक्षिण- बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम राजमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया