चितवनमा निषेधित क्षेत्र तोकियो, ५ जनाभन्दा बढी भेला हुन नपाइने

विदुर खबर २०७६ भदौ ९ गते ६:३१

नुवाकोट, चितवन प्रहरीले निषेधित क्षेत्रको दायरा बढाएको छ।

Advertisement

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको भन्दै हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेका समर्थकहरुले आइतबार यसअघि तोकिएको निषेधित क्षेत्र तोडेर अघि बढेपछि सो दायरालाई फराकिलो बनाइएको हो।चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एक सूचना जारी गर्दै निशेधित क्षेत्रको चारकिल्ला तोकिएको जनाएका हुन्।

हिरासतमा रहेका लामिछानेलगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुबाट भरतपुर महानगरपालिका-१० स्थित मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकाय रहेका क्षेत्रमा हुलदंगा र अशान्ति हुनसक्ने देखिएकोले ‘स्थानीय प्रशासन ऐन २०२८’ को दफा ६ को ३ ‘क’ बमोजिम निषेधित क्षेत्र तोकिएको प्रजिअको आदेशमा भनिएको छ। उक्त आदेश सोमबार बिहान ६ बजेदेखि लागू हुनेछ। तोकिएका चारकिल्ला क्षेत्रभित्र हुलदंगा वा अशान्ति मच्चाउने उद्देश्यले एकै स्थानमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने समेत स्पष्ट पारिएको छ।

Advertisement

यस्तो छ निषेधित क्षेत्रको चारकिल्लाः 
पूर्व- बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म।

पश्चिम- पूर्वपश्चिम राजमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीसकोठी चोकसम्म।

Advertisement

उत्तर- बाइपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जाने चोक, नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम राजमार्गको चौबीसकोठी चोकसम्म।

दक्षिण- बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम राजमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म।

प्रतिक्रिया