सरकारले सबै ठाउँमा राजनिति ग¥र्यो : डाक्टर महत

विदुर खबर २०७६ भदौ ६ गते २०:३३

नुवाकोट, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व अर्थमन्त्रि डाक्टर रामशरण महतले सरकारले सबै ठाउँमा राजनिति गरेको आरोप लगाएका छन ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ, कर्मचारी संचय कोषको १० औं अधिवेशन उदघाटन गर्दै नेता महतले कर्मचारीतन्त्र, न्यायलय, सुरक्षा निकाय, प्रेस लगायतमा संस्थाको विधी विधान भन्दा पनि राजनीतिक हस्तक्षेप बढेको बताए। राज्यको पुन:संरचना अनुसार स्थानीय सरकारको संरचनागत र कार्यदक्षतामा विकास गर्नेतिर भन्दा सरकारले लोक हसाउने,अपत्यारिलो एवं ठूला-ठूला गफ मात्र गरेको बताए।

कर्मचारी संचय कोषका प्रशासक तुल्सी प्रसाद गौतमले सामाजिक सुरक्षा कोषको उदयसंगै कर्मचारी संचय कोषलाई चुनौती थपिए पनि प्रतिस्पर्धी संस्था नठानी सहयोग हुने बताए। नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुवरले वर्तमान सरकार संवैधानिक व्यवस्थाहरुलाई समेत बेवास्ता गर्दै आफु अनुकुल कानुन बनाइ प्रेस , मानव अधिकार एवं ट्रेड युनियनहरुलाई नियन्त्रण गर्न खोजेकाले सरकारको आयु घट्दै गईरहेको बताए।

केन्द्रीय सदस्य बलदेव तामाङले युवाहरू बेरोजगार भईरहेको बेला प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा वर्तमान सरकारले ढुकुटीको अरबौ रुपैयाँ आफ्ना कार्यकर्ताहरुलाई अनुत्पादक काममा पोसाउनु ठुलो भ्रष्टाचार भएकोले प्रतिपक्षको भुमिका सशक्त बनाउन सुझाव दिए।

Advertisement

प्रतिक्रिया