बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने
विदुर खबर
२०७६ भदौ ६ गते १९:५३
बलिउडकी अभिनेत्री सन्नी लियोनी नेपाली फिल्मको हिस्सा बनिसकेकी छन् । उनले पहिलो पटक नेपाली फिल्म ‘पासवर्ड’ को ‘आजको शाम’ बोलको गीतमा ठुम्का लगाएकी छन् । दुई महिना अगाडि यूट्युब रिलिज भएको यो गीतलाई अहिलेसम्म ४० लाखभन्दा बढीको नजर परिसकेको छ । नेपाली ३ करोड बुझेर सन्नीले यो गीत गरेको निर्माण टिमले बताएको छ ।सन्नी जोडिएसँगै चर्चामा रहेको फिल्म ‘पासवर्ड’ यही भदौ २७ गते प्रदर्शनमा आउँदैछ । फिल्मको प्रिमियर प्रदर्शनको तीन दिन अगाडि राजधानीमा हुँदैछ, जसका लागि भारतबाट अभिनेत्री सन्नी नेपाल आउने पक्का भएको छ । मंगलबार साँझ एक भिडियो सन्देशमार्फत् उनले आफू फिल्मको प्रिमियरमा सहभागी हुन नेपाल आउन लागेको जानकारी दिएकी छन् ।
‘नमस्ते नेपाल । म सन्नी लियोनी । मैले अभिनय गरेको नेपाली फिचर फिल्म ‘पासवर्ड’ को प्रमोसनल इभेन्ट र प्रिमियरमा सहभागी हुन म सेप्टेम्बर ११ मा नेपाल आउँदैछु’, उनले भिडियोमा भनेकी छन् । सन्नीले फिल्म निर्माण गरेको ब्यानर एबी इन्टरनेसनललाई सफलताको शुभकामना पनि दिएकी छन् । उनी तीन दिन नेपाल बस्ने कार्यक्रम छ । फिल्मको प्रिमियरमा सहभागी हुनु पर्ने सर्तसहित निर्माण टिमले सन्नीलाई गीतमा नाच्नका लागि महँगो पारिश्रमिक तिरेको थियो । उनी सर्त बमोजिम नेपाल आउने भएपछि फिल्मको प्रिमियरका लागि विशेष तयारी थालिएको छ । यो फिल्ममा उनको आइटम नृत्यसँगै अभिनय पनि रहेको बताइएको छ । फिल्मको अघिकांश छायांकन लण्डनमा भएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया