‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोट । आफैँले निर्माण गरेको फिल्म आइएम जितबहादुर प्रचारको लागि अभिनेता जितु नेपाल शुक्रवार नुवाकोट आइपुगेका छन् ।

नुवाकोटको बट्टारमा रहेको शिवालय सिनेप्लक्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले असार ५ गतेबाट फिल्म देशभर प्रर्दशन हुने बताए । चलचित्रले कलाकार बन्ने ठूलो सपना बोकेर गाउँबाट सहर छिरेको एक साधारण युवाको जीवनकथालाई समेटेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सहरमा एउटा कलाकारका रुपमा स्थापित हुन उसले भोग्नुपर्ने तिरस्कार, मानसिक तनाव र अनवरत संघर्षलाई निर्देशकले पर्दामा उतारेका छन् ।

भारतीय बंगाली निर्देशक सुभेन्दु घोषले यस चलचित्रको निर्देशन गरेका हुन् । जितु नेपालका साथमा चलचित्रमा बर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल लगायतका कलाकारहरूलाई प्रमुख भूमिकामा देख्न सकिने निर्माण पक्षले जनाएको छ ।


चलचित्र आइएम जितबहादुरमा जितुको जोडी वर्षासँग बाँधिएको छ । कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा निश्चल कुवर र निरज नेपाल कार्यकारी निर्माताका रुपमा रहेका छन् ।

निर्माताका रुपमा जितु नेपाललाई राजन सिंखडा र दीपेन्द्र अधिकारीले साथ दिएका छन् । भारतीय सिनेमाटोग्राफर अरविन्दले खिचेको यो चलचित्रको दृश्य भाषामा निकै स्तरीय देखिएको छ ।


- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर २ का ६ सय घरधुरीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो
अवैध उत्खनन रोक्न गृहमन्त्री गुरुङको कडा निर्देशन
निर्माण व्यवसाय र चेकको अभिशाप
विदुर ५ मा विद्युतीय चुलो वितरण सुरु
नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ





प्रतिक्रिया