रसुवागढी नाका चलायमान बनाउने चीनको प्रतिबद्धता

विदुर खबर २०७६ भदौ ६ गते ७:१७

नुवाकोट, चिनीयाँ राजदुत होउ यान्कीले अर्थमन्त्री डा. युवराज खतिवडासँग अर्थ मन्त्रालयमा भएको छलफलमा काठमाडौं रसुवागढी   नाका मार्फत आवागमन आबद्धता बढाउने प्रतिबद्धता जनाएकी छिन्।

Advertisement

भेटघाटको क्रममा राजदुत होउ यान्कीले चिनीयाँ कम्पनीहरुबाट नेपालमा भइरहेका निर्माण कार्यको समीक्षाका साथै चीन सरकारको सहयोगमा सञ्चालित परियोजनाहरुको प्रगतिको विषयमा पनि छलफल भएको थियो। यसैगरि काठमाडौं चक्रपथको दोस्रो चरणको निर्माण कार्य अघि बढाउने तयारी कार्य र चिनीयाँ वित्तीय संस्थाको नेपालको पूर्वाधार विकासमा लगानी बढाउने बारे समेत भेटघाटका अवसरमा छलफल भएको थियो।

 

Advertisement

त्यसैगरी बुधबार नै अर्थमन्त्री र नेपालका लागि यूरोपियन युनियनका राजदूत एम.एस. भिरोनिका कोडी बीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भई नेपालका लागि यूरोपियन युनियनको सहयोग र द्विपक्षीय हितका विषयमा छलफल भएको छ। भेटका क्रममा राजदूत कोडी ले पछिल्लो समयमा युरोपियन युनियनले नेपाललाई बजेटरी सहायताको रुपमा आर्थिक सहायता बढाउँदै लगेको कुरा बताए।

यसैगरि अर्थमन्त्रीले परियोजना कार्यान्वयन गर्ने निकायहरुले नै स्वामित्व लिने गरी क्षमता विकासमा यूरोपियन युनियनको प्राविधिक सहयोग खर्च गर्नुपर्ने र नेपालको क्षमता नभएका विषयमा मात्र नेपालको वस्तुस्थितिको बारेमा अवगत भएको अन्तर्राष्ट्रिय परामर्शदाताहरु परिचालन गर्नुपर्ने विषयमा जोड दिएका थिए।

Advertisement

प्रतिक्रिया