धारावासीको कथामा ‘झोला’पछि ‘भोर’, दाइजो प्रथामाथि केन्द्रित (टिजरसहित)

विदुर खबर २०७४ फागुन २६ गते ८:५३

काठमाडौं । एक सय वर्ष पुरानो सती प्रथामाथि ‘झोला’ बनाएर प्रशंसा बटुलेका निर्देशक यादवकुमार भट्टराई अर्को सामाजिक चलचित्र ‘भोर’ (फर्स्ट लाईट) लिएर दर्शकमाझ आउँदैछन् ।

Advertisement

तराई क्षेत्रमा ब्याप्त दाइजोको पीडा झल्काइएको फिल्ममा अधिकांस तराई मुलका कलाकारहरुको अभिनय रहेको छ ।

‘झोला’ कै ब्राण्डमा अडिएर निर्देशक भट्टराईले ‘भोर’ लाई प्रस्तुत गरेका छन् । हालै सार्वजनिक गरिएको टिजरको सुरुवाती प्लटले त्यस्तै छनक दिन्छ । यसको कथाकार पनि कृष्ण धारावासी नै हुन् ।

Advertisement

‘झोला’ हेर्ने दर्शक ’भोर’बाट निराश नहुने निर्देशक भट्टराईले दाबी गरे । सम्पुर्ण छायांकन जनकपुरमा गरिएको यस फिल्ममा मुख्यतः मिथिलाञ्चलको प्रमुख ब्यथा दाइजोको समस्यालाई प्रस्तुत गरिएको छ ।

आहिलेको समयमा पनि दाइजोको कारण लिङ्ग पहिचान गरेर छोरीको भ्रुणमै हत्या गरिने यथार्थलाई चलचित्रमा प्रस्तुत गरिएको छ । छोरीलाई जति पढायो उति नै बढि दाईजो दिनुपर्ने भएका कारण नारीहरु शिक्षाबाट बन्चित भइरहेको जस्तो तीतो यथार्थ फिल्ममा रहेको भट्टराईले बताए ।

Advertisement

आउदो २१ बैशाखमा फिल्म प्रदर्शनको मिति तोकिएको छ । राज तिमल्सेनासँगै रामगोपाल थापा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता देवेन्द्र सुवेदी हुन् ।

मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको फिल्ममा रामनारायण ठाकुर, डली सरकार, प्रमेश झा, अनितारानी चौधरी, विष्णुकान्त झा, राजेश सक्सेना, बिएन पटेल, पुजा कर्ण लगायत मुख्य भुमिकामा छन् ।

फिल्मका सबैजसो कलाकार स्थानीय छन् । फिल्मको कथा कृष्ण धारावसीले लेखेका हुन् भने पटकथा निर्देशक भट्टराईको नै छ ।

प्रतिक्रिया