प्राधिकरणका हरेक कर्मचारीले ७ हजार प्रोत्साहन भत्ता पाउने

विदुर खबर २०७६ भदौ १ गते १९:००

नुवाकोट, नेपाल विद्युत प्राधिकरण नाफामा गएपछि हरेक कर्मचारीले ७ हजार प्रोत्साहन भत्ता पाउने भएका छन ।

Advertisement

विगतमा केहि बर्ष अघि घाटामा रहेको प्राधिकरणले नाफा कमाउन थालेपछि कर्मचारीलाई प्रोत्साहन स्वरुप भत्ता दिने निर्णय गरेको हो ।२०७२,७३ सम्म ८ अर्ब ९० करोड रुपैयाँ घाटामा रहेको प्राधिकरणले २०७३,७४ देखि नाफा कमाउन सुरु गरेको थियो । २०७५,७६ मा आइपुग्दा प्राधिकरणको नाफा ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

बार्षिकोत्सव कार्यक्रममा कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी बर्ष विद्युत चुवावट कम गरेर अझै नाफा बढाउने बताए । प्राधिकरणले आगामी बर्ष साढे ८ अर्बभन्दा धेरै नाफा कमाउने लक्ष्य राखेको छ । नाफा बढ्दै गएपछि प्राधिकरणले ३४ औं बार्षिकोत्सवको अवसरमा हरेक कर्मचारीलाई ७ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । कार्यक्रममा उर्जामन्त्री बर्षमान पुनले यस्तो निर्णय गरेका हुन ।

Advertisement

प्राधिकरणले लोडसेडिङ्ग अन्त्यका लागि चालु आर्थिक बर्षमा भारतबाट २ अर्ब ८१ करोडको बिजुली आयात गरिएको छ भने २४ करोडको बिजुली निर्यात गरिएको छ ।

 

Advertisement

प्रतिक्रिया