इरफानको श्रीमति भन्छिनः म युद्ध लड्दैछु

विदुर खबर २०७४ फागुन २६ गते ८:५१

मुम्बई । इरफान खानले आफु गम्भिर बिरामी परेको ट्वीटर मार्फत जानकारी दिएपछि उनको वारेमा चासो राख्नेहरु बढेका छन् । धेरैले सामाजिक सञ्जाल मार्फत शुभकामना पनि दिएका छन् । उनकी श्रीमित सुतापाले इरफान बिरामी भएको पुष्टि गर्दै भनेकी छिन् ‘मेरो वेस्ट प|mेण्ड एवं पार्टनर एक योद्धा हुन् । उनी जीवनमा आइपर्ने हरेक रोकावटसँग हाँसी हाँसी लड्थे ।’

Advertisement

उनले अगाडि भनेकी छिन् ‘म्यासेज एवं फोनको जवाफ दिन नसकेकोमा माफी चाहन्छु ।’

आफुलाई पनि एउटा योद्धा हुन इरफानले सिकाएको भन्दै भगवान एवं इरफानप्रति आभारी भएको बताएकी छिन् । ‘म अहिले यो युद्ध क्षेत्रमा कसरि जित्ने भनेर योजना बनाउदै छु । तर, मलाई थाह छ यो युद्ध जित्न त्यति सजिलो छैन ।’ उनले भनेकी छिन् ‘परिवारका सदस्य र दर्शकको शुभकामनाले मलाई आशावादी बनाएको छ ।

Advertisement

इरफानलाई के रोग लागेको त भन्नेतिर ध्यान नदिन उनले शुभचिन्तकलाई आग्रह गरेकी छिन् । यस्ता कुराले थप चिन्ता बढ्ने भन्दै आग्रहको भाषामा उनले भनेकी छिन् ‘तपाईहरु सबै आफ्नो जीवनको गतिविधीप्रति ध्यान दिनुस् ।

प्रतिक्रिया