अस्वभाविक दबाबका कारण पुडासैनीको मृत्यु : केसी

नुवाकोट, नेपाली कांग्रेस नुवाकोटले पत्रकार शालिकराम पुडासैनीको मृत्यु असाधारण मानसिक यातना, दबाब र अन्यायको परिणामस्वरुप भएको जनाएको छ।
पुडासैनीको मृत्युले अनेक आशंका र भ्रम उत्पन्न गरेको विज्ञप्ति मार्फत जनाएइको छ। ‘घटनाको प्रकृति र त्यसअघि पत्रकार शालिकरामले भिडियो रेकर्डमा दिएको मृत्युको घोषणा हेर्दा स्वाभाविक आत्महत्या हो कि हत्या हो भन्ने गम्भीर प्रश्न उठेको छ,’ नुवाकोट कांग्रेस जिल्ला सभापति जगदिश्वर नरसिंह केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
मृतकले असाधारण दबाबपछि बाध्यतापूर्वक वक्तब्य दिन विवश भएको आशंका गरिएको छ। ‘षड्यन्त्रको सिद्धान्त अनुरुप यसै काण्डमा कसैलाई फसाउने दुरासय हो वा आत्महत्या नै हो?’ शंका उब्जिएको जनाइएको छ। प्रेस स्वतन्त्रताका नियमलाई मिचेर पत्रकार रवि लामिछानेलाई पक्राउ गरिएको प्रति आपत्ति जनाइएको छ।
नुवाकोट बेलकोटगढी–३ का पुडासैनीको मृत शरीर नारायणगढस्थित एक होटलमा साउन २० मा भेटिएको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया