अस्वभाविक दबाबका कारण पुडासैनीको मृत्यु : केसी

विदुर खबर २०७६ भदौ १ गते १६:५०
जगदीश्वरनरसिंह के.सी.

नुवाकोट, नेपाली कांग्रेस नुवाकोटले पत्रकार शालिकराम पुडासैनीको मृत्यु असाधारण मानसिक यातना, दबाब र अन्यायको परिणामस्वरुप भएको जनाएको छ।

Advertisement

पुडासैनीको मृत्युले अनेक आशंका र भ्रम उत्पन्न गरेको विज्ञप्ति मार्फत जनाएइको छ। ‘घटनाको प्रकृति र त्यसअघि पत्रकार शालिकरामले भिडियो रेकर्डमा दिएको मृत्युको घोषणा हेर्दा स्वाभाविक आत्महत्या हो कि हत्या हो भन्ने गम्भीर प्रश्न उठेको छ,’ नुवाकोट कांग्रेस जिल्ला सभापति जगदिश्वर नरसिंह केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

मृतकले असाधारण दबाबपछि बाध्यतापूर्वक वक्तब्य दिन विवश भएको आशंका गरिएको छ। ‘षड्यन्त्रको सिद्धान्त अनुरुप यसै काण्डमा कसैलाई फसाउने दुरासय हो वा आत्महत्या नै हो?’ शंका उब्जिएको जनाइएको छ।  प्रेस स्वतन्त्रताका नियमलाई मिचेर पत्रकार रवि लामिछानेलाई पक्राउ गरिएको प्रति आपत्ति जनाइएको छ।

Advertisement

नुवाकोट बेलकोटगढी–३ का पुडासैनीको मृत शरीर नारायणगढस्थित एक होटलमा साउन २० मा भेटिएको थियो।

प्रतिक्रिया