वरिष्ठ कलाकार सुभद्रा अधिकारीको अन्त्यष्टि

नुवाकोट, वरिष्ठ कलाकार सुभद्रा अधिकारीको पशुपति स्थित विद्युतीय शवदाह गृहमा अत्येष्टि गरिएको छ ।
अधिकारीको डल्लुस्थित आफ्नै निवासमा शनिबार विहान निधन भएको हो । उहाँ लामो समय देखि दम रोगले पीडित हुनुहुन्थ्यो । काठमाडौँको असनमा २००३ सालामा जन्मनु भएकी अधिकारी नेपाली रजतपट र नाटक क्षेत्र सम्मानित कलाकार हुनुहुन्छ ।
स्व अधिकारीले दर्जनौं नाटक, चलचित्र तथा टेलिसिरीयलमा अभिनय गर्नु भएको छ । आफ्नो कुशल अभिनय क्षमताका कारण दर्शकमाझ लोकप्रिय हुनुहुन्छ । स्व अधिकारीले ‘कची मचा’ भन्ने नाटकबाट आफ्नो अभिनय सुरु गर्नु भएको थियो।
यसपछि ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटकहरुमा अभिनय गर्नु भयो। पहिलो फिल्म मनको बाँधबाट नेपाली फिल्ममा प्रवेश गर्नु भएकी स्व अधिकरिले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत दर्जनौं फिल्ममा अभिनय गर्नु भएको छ । स्व अधिकारीको १ छोरा र १ छोरी हुनुहुन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया