मेयर उपमेयरको विवाद अदालतमा

विदुर खबर २०७६ साउन २९ गते ७:३१

Timure Yatayat Bus

Advertisement

नुवाकोट, मोरङको उर्लाबारी नगरपालिकामा जनप्रतिनिधिबीचको विवाद उच्च अदालत विराटनगरसम्म पुगेको छ। अदालतमा प्रवेश गरेपछि मेयर खड्ग फागो र उपमेयर लक्ष्मीदेवी भण्डारी पक्षबीचको विवाद अझ चर्किएको छ।

असार २९ गते चौथो नगरसभापछि फागो र भण्डारीबीचको विवाद झन् उग्र बनेको हो। मेयरले आफू निकटका कार्यपालिका सदस्यलाई साथ लिएर निर्णय गर्ने गरेको र चौथो नगरसभामा पेस गरिएको निर्णय पनि एकलौटी गरेको भन्दै उपमेयरसहित उनी पक्षका कार्यपालिका सदस्य अदालत गएका हुन्।

Advertisement

उर्लाबारी नगरपालिकाको कार्यपालिका बैठक असार २८ गते साँझ बसेको थियो। कांग्रेसबाट निर्वाचित फागोसहित छ जना कार्यपालिका सदस्यले एकलौटी निर्णय गरेर चौथो नगरसभामा पेस गरेको उपमेयर भण्डारी पक्षधरको दावी छ।कार्यपालिकामा कांग्रेसबाट मेयरसहित छ जना र नेकपाबाट उपमेयरसहित १३ जना सदस्य छन्। कार्यपालिका बैठकमा गरिएको एकलौटी निर्णय स्वीकार गर्न नसकिने र सबै कार्यपालिका सदस्यको सहमतिबाट निर्णय हुनुपर्ने भन्दै नगरसभामा नेकपाबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरेका हुन्।

मेयर फागोले आफूले कानुनसम्मत ढंगले कार्यपालिका बैठकबाट निर्णय गराएको दावी गर्दै निर्णयमा आपत्ति भए अदालत र अख्तियार जान चुनौती दिएका थिए। उपमेयर भण्डारीले निर्णय सच्याउन पटक–पटक गरेको आग्रहलाई अस्वीकार गर्दै मेयरले चुनौती दिएकाले बाध्य भएर अदालत जानु परेको बताइन्। उर्लाबारी नगरपालिकाको विवाद अब अदालतबाटै छिनोफानो हुने उनको भनाइ छ। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

Advertisement

प्रतिक्रिया