झगडा छुट्टाउन जाँदा नुवाकोटको तारकेश्वरमा एक महिलाको ज्यान गयो

विदुर खबर २०७६ साउन २८ गते १६:३६

Timure Yatayat Bus

Advertisement

नुवाकोट, नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ दाङसिंहमा श्रीमान श्रीमतिविचको झगडा छुट्टाउन जाँदा एक महिलाको मृत्यु भएको छ ।

Advertisement

 

मृत्यु हुनेमा स्थानिय ५५ वर्षिय लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । गाउँका मेघवहादुर तामाङ र उनकी श्रीमति चिनिमाया तामाङबिच सोमाबार विवाद भएको थियो । विवादले उग्र रुप लिएपछि चिनिमाया लालमायाको घरमा वास बस्न गएकी थिइन । तर राती १० बजे मेघवहादुर श्रीमतिलाई लिन लालमायाको घरमा पुगेपछि पुन विवाद भएको प्रहरी निरिक्षक विष्णुहरी फुयालले जानकारी दिए ।

Advertisement

विवादमा सहजीकरण गर्न खोज्दा लालमाया आफ्नै घरको आँगनमा लडेर वेहोस भएकी थिइन । उनको उपचारको लागि त्रिशुली अस्पताल लैजाँदा मंगलबार चिकित्सकले मृत घोषण गरेका थिए ।

प्रतिक्रिया