प्रदेश नम्बर ३ को मुख्य स्रोत वनजङ्गलको राजश्व

विदुर खबर २०७६ साउन २७ गते १८:१३

Timure Yatayat Bus

Advertisement

नुवाकोट, प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राजश्व आम्दानीको मुख्य स्रोत वनजङ्गल रहेको पाइएको छ ।

मन्त्रालयले गत आर्थिक वर्षमा सङ्कलन गरेको कूल राजश्व रु एक अर्ब ७३ करोड ३५ लाखमा सबै भन्दा बढी वन क्षेत्रबाट मात्र रु ७८ करोड ८४ लाख राजश्व सङ्कलन गर्न सफल भएको हो । मन्त्रालयको राजश्वको अन्य स्रोतमध्ये समूह कोष तर्फ रु ६५ करोड २१ लाख राजश्व सङ्कलन गरिएको छ । सरकारी सञ्चित कोषमा रु १३ करोड ६३ लाख र उद्योग क्षेत्रमा रु १५ करोड ६७ लाख राजश्व सङ्कलन गर्न सफल भएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणकुमार नेपालका स्वकीय सचिव नवराज पुडासैनीले जानकारी दिनुभयो ।

Advertisement

मन्त्रालयले चालु आर्थिक वर्षमा यो राजश्वलाई वृिद्ध गर्दै जाने लक्ष्य लिएको उहाँको भनाइ छ । जसका लागि मन्त्रालयले वन क्षेत्रको अतिक्रमण हटाउने तथा वृक्षरोपण गर्दै जाने कार्यक्रम गर्दै आएको छ । मन्त्रालयले एक वर्षमा विभिन्न व्यक्ति सङ्घ संस्थाले अतिक्रमण गरेका ४९ हेक्टर वन क्षेत्रको अतिक्रमण हटाएर वनमा गाभेको छ भने ३२९ हेक्टरमा विभिन्न जातका बोट बिरुवा लगाएको छ । गत आर्थिक वर्षमा मन्त्रालयअन्तर्गतका १३ जिल्लाका वन कार्यालयमार्फत आम उपभोक्तालाई रु १६ लाख ४३ हजार ८३६ घनफिट काठ उपलब्ध गराइएको छ । सबै वन कार्यालयमार्फत विभिन्न प्रजातिका १५ लाख भन्दा बढी बोट बिरुवा उत्पादन गरिएको पुडासैनीले बताउनुभयो ।

प्रतिक्रिया