अनमोलको नयाँ फिल्म एन्टी हिरोमा भुवन भिलेन बन्दै
विदुर खबर
२०७६ साउन २७ गते १७:५१

अभिनेता भुवन केसीले छोरा अनमोल केसीसँग स्क्रिन साझेदारी गर्न लागेको फिल्मको नाम ‘एन्टी हिरो’ जुराइएको छ ।
फाईल फोटो
सोमबार चलचित्र विकास बोर्डमा फिल्म दर्ता गरिएको छ । तिहारपछि छायांकन सुरु हुने फिल्म दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको निर्माण भुवन केसीले गर्नेछन् । यस फिल्ममा अभिनेता अनमोल सकारात्मक अर्थात् हिरोको भूमिकामा देखिनेछन् । भुवन भने नकारात्मक (भिलेन) भूमिकामा प्रस्तुत हुनेछन् । यसका लागि केही महिनादेखि भुवनले दाह्री बढाइरहेका छन् । एफडी कम्पनीले वितरण गर्ने फिल्मका लागि अहिले निर्देशकको खोजी भइरहेको छ । निर्देशकमा प्रदीप भट्टराईको नाम चर्चामा छ ।
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘क्याप्टेन’ को ‘कर्ली कर्ली कपाल’ बोलको गीतमा भुवन र अनमोलले एकसाथ स्क्रिन साझेदारी गरेका थिए । तर, फिल्ममा भुवनको अभिनय थिएन । अब पहिलो पटक छोरा र पिता ‘एन्टी हिरो’ मा हिरो र भिलेनको भूमिकामा प्रस्तुत हुँदैछन् । दुईलाई पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ ।
एक्सन-लभस्टोरी बताइएको फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको छ । केही दिनमा निर्देशक र अभिनेत्रीको छनोट गरिने भुवनले बताएका छन् । फिल्ममा अनमोल एक्सन अवतारमा प्रस्तुत हुनेछन् । साथै, चकलेटी भूमिकामा पनि उनी देखिनेछन् । आउँदो नयाँ वर्षको छेकोमा फिल्म प्रदर्शन हुने सम्भावना छ ।
फिल्मी खबरबाट
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया