केटि बेचेको आरोपमा दुप्चेश्वरका दुई युवक पक्राउ
विदुर खबर
२०७६ साउन २७ गते १३:१५
नुवाकोट, केटि बेचेको आरोपमा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका दुई युवक भत्तपुरबाट पक्राउ परेका छन ।
पक्राउ पर्नेमा दुप्चेशवर गाउँपालिका वडा नम्बर ७ का अजय तामाङ र राजु तामाङ रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई भत्तपुरको जागतिबाट पक्राय गरिएको जिल्ला प्रहरी कार्यालय भत्तपुरले जनाएको छ ।
युवकहरुले महिलालाई आर्कषक रोजगारीमा लगाईदिने भन्दै प्रलोभनमा पारेर बेचेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया