शेयर बजार नेप्सेमा सामान्य गिरावट

विदुर खबर २०७६ साउन २६ गते १९:१९

Timure Yatayat Bus

Advertisement

नुवाकोट, साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ ।

नेप्से मापन गर्ने सूचक ४.८४ बिन्दुले घटेर १२३३.७१ बिन्दुमा रोकिएको छ । १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता सेयर ३१ करोड १७ लाख ५६ हजार ८५६ रुपैयाँमा किनबेच भएको छ ।

Advertisement

१२ समूहको कारोबारमा ट्रेडिङ, होटल, वित्त, अन्य र म्यूचुअल फण्ड समूहको उपसूचकमा सुधार आएको छ भने बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ । कारोबार रकमको आधारमा रसुवागढी हाईड्रपावर कम्पनी अग्रस्थानमा रहेको छ । रसुवाको ४ करोड ५९ लाख ५९ हजार रुपैयाा बढीको सेयर कारोबार भएको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः सान्जेन जलविद्युत कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् ।

प्रतिक्रिया