त्रिशूलीमा बस खस्दा तीनको मृत्यु, २५ वेपत्ता

विदुर खबर २०७६ साउन २४ गते ७:०२

Timure Yatayat Bus

Advertisement

नुवाकोट, सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नंको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको भएको छ ।

दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन् । मृतक तीन जना र हराइरहेकाको पहिचान खुल्न सकेको छैन ।

Advertisement

प्रतिक्रिया