मोतिराज खनालको तीजको कोसेली ‘सधैं तमासा’ [भिडियो]
विदुर खबर
२०७६ साउन २२ गते १०:३६

हरितालिका तीज नजिकिएसँगै यससम्बन्धी गीतहरुको बजार पनि तातेको छ।
तीजको गीत निकाल्ने लहरमा महिला कलाकार मात्र नभई पुरुष गायक पनि व्यस्त छन्। पछिल्लो समयमा यो महिलाको मात्र नभई पुरुषको पनि चाड हो भन्ने दाबी सुरु हुन थालेको छ। तीजलाई लक्षित गर्दै सन्देशमुलक, वेदना र व्यंग्ययुक्त गीतहरु बजारमा आउन थालेका छन्। यही छेको पारेर गायक मोतीराज खनालले ‘सधैं तमासा’ बोलको गीत बजारमा ल्याएका छन्।
खनाललाई गायनमा राधा अधिकारीले साथ दिएकी छन्। तीजका नाममा भइरहेका विकृतिहरुको व्यग्य गीतको रुपमा खनालले यसलाई बजारमा ल्याएका हुन्। उनले गतवर्ष ‘क्या राम्री पुतली’ बोलको तीज गीत बजारमा ल्याएका थिए। तीजका नाममा भइरहेका विकृति र विसंगतिलाई चिराफार गर्न उनले यस्ता गीतहरु गाउँदै आएको बताए।
गीतको भिडियोः
Advertisement
सम्बन्धित
प्रतिक्रिया